प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मुकुट मानसिक सन्तुलन ठिक नभएका व्यक्तिको हातमा कसले दियो

साउन १८ ,राजविराज – चोरी भएको छिन्नमस्ता भगवतीको मुकुट भेटिएको । आइतबार साँझ छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट सहित चोरी गर्ने व्यक्ति पनि प्रहरीले समाएको हो।

चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । स्थानीय राजेशकुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको उनले बताए। मुकुट बोकेर मण्डल गाँउमा घुमेको जानकारी पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका मण्डल भने मानसिक रुपमा असन्तुलन रहेको खुलेको छ। उनको हातमा मुकुट कसरि आईपुग्यो भन्ने प्रहरीले अनुसनधान भईरहेको प्रहरीले जनाएको छ।मुकुट ८ सय ५० ग्राम तौलको छ ।

छिन्नमस्ता गाउँपालिका ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा समेत सिल गरी चोर खोज्ने काम गरिएको थियो ।

मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिए पनि बिग्रेकॉ अवस्थामा रहेको छ क्यामेरा बिग्रेको एक वर्ष बढी भएपनि हालसम्म कसैले मर्मत गर्नेमा जोड दिएका छैनन्।