गायिका सुनिता दुलालको तीज कोशेली ‘परदेशी छोरी’ बेलायतमा छायाँकन गरियो भिडियो

साउन १८ ,काठमान्डौ – नेपाली गीत संगीतकि चर्चित सुमुधुर स्वरकी गायिका सुनिता दुलालको तीज कोशेली परदेशी छोरी बजारमा सार्वजानिक भएको छ।

तिजका भाका र माईति चेलीको वेदना समेटीएको यो गितले दर्शकको मन जितेको छ। गीतलाई बेलायतमा छायांकन गरिएपछि दर्शकले निकै चासोका साथ् हेरेर मिठो प्रतिक्रिया दिएका छन् ।

ज्योति गुरुङको शब्द सुरज लामिछानेको संगीत एरेञ्ज रहेको गीतलाई तेनयाङ्ग रानाले कोरोयोग्राफी तथा कुशल श्रेष्ठले निर्देशन सम्पादन गरेका हुन्।

lekbesi

राजकुमार श्रेष्ठको छायाँकन रहेको गीतमा ज्योति मगर ,निरु कोईराला ,आस्था जोशी लगायतहरुको अभिनय रहेको छ। तीज पर्व नजिकिदै गरेको बेला गायिका सुनिता दुलालले आफ्ना सुभचिन्तक दर्शकमाझ तीज कोशेली पठाएकि हुन्।

नेपाली चेलीहरु विदेशमा रहेर पनि घरमा आउन नपाएका मनका वेदना गीतमा पोखीएको छ। नेपाली हरुको पर्वमा हरितालिका तीजलाई महिलाहरुली बिशेष रुपमा मनाउने गर्दछन।