सुर्खेतमा बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन आत्मह,त्या
साउन १८ ,सुर्खेत – सुर्खेतमा बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै एक युवतीले आत्महत्या गरेकी छिन। पश्चिम पञ्चपुरी नगरपालिका वडान ८ कि २९ बर्षीया बिमला कँडेलले वीरेन्द्रनगर सुर्खेत कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले बताएको छ। बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा सुसाइड नोट उल्लेख गरिएको प्रहरी श्रोतले जनाएको हो।
उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।
आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जनाए।
कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा उनको शव फेला पर्यो उनले भने। मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।