भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
काठमान्डौ – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
केपी शर्मा ओलीले एमाले नेता देवी ज्ञवालीलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। निहित स्वार्थका लागि प्रक्रिया नपुर्याइ आयोग गठन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको हो।
गत स्थानीय निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका थिए। यस्तै सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
पदीय आचरण विपरीतका काम गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो ।