कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

साउन ,२२ काठमाडौं- कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ। साउन ३१ गते बाट शुरु गर्ने तय भएको परिक्षा कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।
सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । बोर्डले भने परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने तयारि गर्द्दै परिक्षा संचालन गर्ने बताएको थियो।

परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेको बताए। एक अधिकारिक अनुसार ३१ गते हुने भनेको परिक्षा त स्थगित हुन्छ नै ,।

तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो लागेको छैन । यस पटकको कक्षा १२ को परिक्षामा ३ लाख ७४ हजार विद्यार्थीले परिक्षा दिने तयारि गरेका छन्।
