Gold

गाउँपालिका उपाध्यक्षका ससुराको निधन भएपछि गाउँपालिकाभरि बिदा

Naumule Migrate

साउन ,२२ तेह्रथुम- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधन भएपछि गाउँपालिकामा शोक बिदा दिइएको छ ।

पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।

गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाको सार्वाजानिक जारी सूचनामा उल्लेख छ।

पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको ९६ वर्षको उमेरमा विहीबार राति ११ : ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिद्दा दिने निर्णय गरेको जारी गरेको सूचनामा उल्लेख छ।

Naumule Badhipahiro