काठमाडौको टिचिङ अस्पताल भित्र रहेका मुसा मारिदिन बोल पत्र आवहान
काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दौडिने गरेका मुसा, उडुस, उपियाँ, साङला नियन्त्रण गरिदिन आस्पतालले एक सूचना जारि गरेको छ।
अस्पतालभरि नै मुसा, उडुस, उपियाँ, साङलाले घेर्ने घेरेपछि शिक्षण अस्पतालले सूचना जारिको जनाएको हो। दर्तावाला फर्मबाट मासिक रूपमा के कति दररेटमा उक्त कार्य गर्न सकिने हो भन्दै अस्पतालले शुक्रबार प्रकाशित सूचनामा जनाएको छ।
यो प्रस्ताव पन्ध्र दिनभित्र बुझाउनुपर्ने अस्पतालले जनाएको छ। मुसाले अस्पतालमा रहेका मेसिनहरुका तार काटने गरेको एमआरआई, सिटिस्क्यानका तार काट्ने गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताए।
अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपिडि, युनिटलगायतका ठाउँमा मुसा, उडुस, उपियाँ, साङ्ला लगायत नियन्त्रण गर्नुपर्ने अस्पतालको सूचनामा उल्लेख छ।
डाक्टर सुत्ने ठाउँमा, ड्युटी गर्ने ठाउँमा उपियाँ र उडुसले गर्दा सकस भए को छ। यो भन्दा अगाडी टिचिङ अस्पतालमा एक जनालाई करिब ५५ हजार रूपैयाँ मासिक रूपमा दिएर यो कार्य गर्न लगाइँदै आएको थियो। नियन्त्रण बाहिर गएपछि यस पटक बोलपत्र आवाहन गर्नुपरीको काफ्लेले बताए।