Gold

श्रीपेच लगाएपछि राजा हुन्छु भन्दै एक युवकले नारायणहिटी दरबार संग्रहालयभित्र देखाए यस्तो हर्कत

Naumule Migrate

असोज ८ , काठमाडौँ- नारायणहिटी दरबार संग्रहालयभित्र राखीएको श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गर्ने सुकुम पश्चिमका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती छन्। उनले श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए। संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान गर्दा घर्तीले श्रीपेच लगाएपछि राजा हुन्छु भन्ने बताएका थिए। महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ। उनीमाथि थप अनुसान्धान् भईरहेको छ।

उनि बहराइनबाट नेपाल फर्केका थिए। प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । बहराईनमा हुँदा उनीमाथि कुट्पिट भएको थियो। कुटपिटबाट मानसिक सन्तुलन समेत गुमेको र अहिले पनि नियमित औषधि खईरहेको उनकी दिदीले बताईन।

 

Naumule Badhipahiro