बोक्सी भन्दै पुरुष र महिलालाई मल मुत्र खुवाईयो

महोतरी – बोक्सा बोक्सी भन्दै एक पुरुष र एक महिलालाई कुटपिट र अमानवीय व्यवहार गर्दै मल मुत्र खुवाईएको छ ।

औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र ५५ वर्षीया झपसी ठाकुरलाई हिजाे बिहीवार बेलुकी बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको पाइएकाे हो ।

ठाकुरका छिमेकी ४० वर्षीया रामशीला देवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, रामशीलाका आफन्त ३५ वर्षीया दुखिया देवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले ठाकुरलाई निर्घात कुटपिट गरेको र मलमूत्र खुवाएको भन्दै महोत्तरी प्रहरीक कार्यालयमा उजुरी परेको प्रहरीले जनाएको छ।

घटना भएको जानकारी लगतै प्रहरी घटनास्थल पुगेर पिडित दुवैको उदार गरेर अस्पताल पुर्याएको थियो। घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी गरे।

बोक्सा बोक्सी भन्दै अमानवीय गर्ने जो कोहीलाई नछोडिने र घटनामा थप को को संलग्न रहेका छन् भन्ने अनुसन्धान भईरहेको आचार्यले जनाए।