Gold

टिका लगाउने उत्तम साइत ११ : २ बजे

Naumule Migrate

कार्तिक २० ,काठमान्डौ – यमपञ्चक तिहारको पाँचौँ दिन आज भाइटीका मनाईदै छ। दिदि बहिनिले दाजु भाईलाई टिका लगाऊने आजको उत्तम साईत ११ : २ बजे रहेको छ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार आजको दिन भरि नै टिका लगाउन सकिने छ।

यधपी आज टिका लगाउने उत्तम साईत ११ : २ बजे रहेको गौतमले बताए । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर आज तिहाको भाईटिका मनाइँदैछ ।यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

Naumule Badhipahiro