Gold
Bangad salyan

थप २४२ कोरोना संक्रिमत थपिए ४४४ जना निको

Salyan

मङ्सिर ४ ,काठमाडौं- गत पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले जनाएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ पुगेको छ भने संख्या ७ लाख ९९ हजार ९८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७३०३ रहेको ।