surkhet

क. गौरव नारायण शर्माको सम्झनामा लेखकका दुई शब्द

surkhet

मङ्सिर ४ ,काठमाडौं- वि.स.२०५४ सालको कुरा हो , म I.Ed. second year पढ्दै थिए र लोकसेवाको तयारी पनि संगसंगै गर्दै थिए। कमरेड गौरव नारायण शर्मा मेरो नातामा जेठान ,साला दुवै पर्नुहुन्थ्यो। उहाँ र मेरो घर एउटै गाउँ दैलेख जिल्ला नारायण नगरपालिका वडा न. ३ खुर्सानीवारि भन्ने ठाउँमा हो।

दैलेख जिल्ला सदरमुकाम बाट यो स्थान १/२ किलोमीटर जुम्ला तिर जाने बाटोमा पर्दछ। दैलेख बजार बाट करिब ३० मिनेटको हिडाइ पछी एउटा पवित्र मन्दिर वेलासपुर मन्दिर पर्दछ ।यो मन्दिर परिसर साह्रै रमणीय स्थानमा छ। काडाचौर बाट करिब १०० मिटर अगाडि रहेको यो मन्दिरमा पुग्न ३०० वटा भन्दा धेरै सिडिहरु रहेका छन् ।

वरिपरि धुपिसल्लाका सलसलाउदा विरुवाहरु रहेका छन् ।मन्दिर जाने उकालो बाटो का सिडिहरुको दायाँ बायाँ फलामका रेलिङहरुले सजिएको बाटो बाट कम्तीमा ३०० वटा भन्दा बढी सिडिहरु चडेपछी समुन्द्र सतहदेखी करिब २५ सय मिटर उचाइमा यो बेलासपुर मन्दिर अवस्थित छ। यो मन्दिरमा भारत ,माल्दिभस र काठमाडौ बाट मानिसहरु दर्शनका लागि जाने गर्छन् ।

Dailekh

यहाँ वलि चडाइन्छ र आ-आफ्नो मनोकामना पूरा हुने विश्वास गरिन्छ। दिनहुँ यो पवित्र वेलासपुर मन्दिरमा मानिसहरुको भिड हुने गर्दछ। प्राचीन समयमा दैलेख वेलासपुर राजाको वासस्थान मन्दिर तल वरिपरि पर्खाल लगाइएको स्थानमा अवस्थित समेत थियो भन्ने गरिन्छ। यो बेलासपुर मन्दिरबाट हिडेरै १५ मिनेटमा पुगिने र बेलासपुर मन्दिरको काखमा अवस्थित गाउँ नै खुर्सानीवारि हो।

यसै स्थानमा क. गौरव नारायण शर्मा र स्वयं मेरो जन्म स्थान पनि हो। साह्रै सिधा , ईमानदार र लगनशील रूपमा परिचीत क. नारायण शर्मा एक बौद्धिक ब्यक्तित्व हुनुहुन्थ्यो ।म कक्षा १२ मा पड्दा उहाँले वि.एल. अध्ययनरत हुनुहुन्थ्यो ।

हामी जेठान ज्वाइँ ,साला भिना जे नाता भए नि असाध्यै मिल्ने साथीहरू पनि थियौं ।उहाँ र मेरो सोचाइ चिन्तन क्रान्तिकारी थियो। उहाँले वि.एल.उत्तीर्ण गरिसकेपछि द्द्वारी गाविसको भुते दहमा प्रा. वि. मा अध्यापन गर्नुहुन्थ्यो । वि.स. २०५४ सालमा हामी दैलेख जिल्लामा क. नारायण शर्माको नेतृत्वमा ५ सदस्यीय टोलि ने.क.पा.माओवादी गठन गरि सो को जानकारी जाजरकोट बाट दैलेख आउनुभएका माओवादी नेता क. तारा लाई बुझाएका थियौं ।

जसको नेतृत्व क. नारायण शर्मा (गौरव ) ले गर्नुभएको थियो। ५ जना मध्येको एक जना सदस्य म पनि थिए। त्यहाँ नारायण शर्मा को नेतृत्वमा वि. स. २०५४ सालमा माओवादी पार्टीका पर्चा पम्पेलेट र तुलहरु नारायण शर्मा ले ल्याउनुहुन्थ्यो र हामी क. गौरव ,क. स्टार ,क. हेम लगायत ले खुर्सानीवारि दैलेख बजार पन्चदेवल स्कुलहरुमा तुल बाढ्ने काम गर्थ्यौ। र पार्टी को पर्चारात्मक अभियान नै छेडेका थियौं ।

क. नारायण शर्मा गौरव जति सिधा , मिजाशिला र बौद्धिक ब्याक्तित्व मात्रै नभै उहाँ एक साहसी र क्रान्तिकारी ब्याक्तित्व पनि हुनुहुन्थ्यो । एक दिन हामी पार्टीको पर्चाहरु भैसेखोर देखि टास्दै जाने क्रममा कालिमाटी जाने बाटोमा पर्ने धाराको पेटिमा समेत पर्चा टास्दै आएका थियौं ।

मेरो घर देखि करिब १ किलोमीटर पर क . गौरव नारायण शर्माको घर बाट मेरो घर तिर करिब ३० मिटर अगाडि खेमराज शर्माको घर (हाल भत्काइएको छ) अगाडि धारामा नेकपा माओवादी पार्टीको पर्चा टास्ने क्रममा म ,स्टार र नारायण शर्मा थियौं ।त्यहाँ हामी टास्दै थियौं एक जना ब्यक्ति त खुकुरी ल्याएर हामी भए नजिकै आइहाल्नुभयो।हामी सबैले मुखमा टाला बाधेका थियौं ।

उहाँले हामीलाई चिन्नुभएन हामीले उहाँलाई चिन्यौ। उहाँ कराउनुभयो माओवादी आए हामी तिनै जना वलिविन्द्रे डाडातिर हामफाल्यौ। हाम्रा मुटुमा कम्पनको ज्वारभाटा विस्फोट भएको थियो। भाग्ने क्रममा क. गौरव र क. स्टार अलि तलतिर गह्राहरुमा छिन्नुभएछ ।

मलाई थाहै भएन । उहाँहरुले त्यहाँ सहजै लुक्नुभयो। म चाहिँ त्यतिखेर अलि कच्चै थिए । म उहाँहरु भन्दा अगाडि नै दौडिए । मलाई यो लागिरहेको थियो कि मेरा पछिपछि उहाँहरु पनि आउनुभएको होला । तर म वलिविन्द्रे डाडामा पुगि लामो सास तानी वरिपरि हेरे ।

अह मैले त्यहाँ कसैलाई देखेन। उहाँहरु बारिका काल्लातिर लुकिहाल्नुभएछ। म अब के गरौं भनी २ सेकेन्ड सोचे ,फेरि वलिविन्द्रे डाडाबाट त्यो भिरभिरै दौडिए ।पछाडि नफर्की दौडिएको म साहेद यो राती १ बजेको समयमा धन्न जुन लागिरहेका थिए ।

म सास नफेरिकनै तल पिउसे जाने बाटोमा पुगेछु। यदि त्यो वलिविन्द्रे डाडामा दौडिने बेला म लडेको भए ,साहेद त्यो दिन नै मेरो अन्तिम दिन हुने थियो। म लडिन र पिउसे जाने बाटोमा पुगे अनि सोचे अब यो रातीको समयमा विहान पनि हुन लाग्यो यहाँ नजिक गोप्य ठाउँ कहाँ जाने होला भन्ने सोच्दै थिए ।

दिमागमा राम प्रसाद शर्मा उहाँ मेरो दाजुको साला मेरो पनि साला भएकोले गोप्यता पनि हुने भएकोले म पिउसे राम प्रसाद शर्माको घरमा गए। निकै वेरR.P R.P भनिसकेपछी उहाँले ढोका खोल्नुभयो। र बेलिबिस्तार पनि सुनाए । हामी त्यहा सुत्यौ।म हेम पाण्डे ले नेतृत्वले नपत्याएको क्षमतावान ब्यक्तित्वमा उहाँ रामप्रसाद शर्मा ले गर्नुभएको कमान्ड को सार सहित मलाई बुझेर नै हो दावी आवश्यक छ।र हुनु पनि पर्छ।

र सहयोग पनि आवश्यक छ किनकी हिजो नेपाली जनता २०५२/६२/६३ सालको युगान्तकारी परिवर्तनको लागि शसस्त्र संघर्ष गरिरहेको बेलामा हेमराज पाण्डे पनि उक्त परिवर्तनकारी आन्दोलनको एक हिस्सा थियो। परिवर्तन पछि उसले पद ,पैसा र शक्ति माग गरेन ।

अब रास्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षको पदमा दावी गर्ने बेला आएको छ। भनी नेपाल रास्ट्रिय कर्मचारी संगठन निजामती को केन्द्रिय अध्यक्षमा मेरो दावी भन्ने शिर्षकको कमेन्ट मा पनि उहाँले कमेन्ट गर्नुभएको छ। उहाँलाई मैले हृदयदेखि धन्यवाद दिन चाहान्छु ।

यस्तो सानै उमेरदेखि साहसी मान्छे म मेरा पछाडि हाम्रै २/४ जना साथीहरू लागेर अनावश्यक नभएको कुराको झ्याली पिट्दै हुड्नुभएको छ। भन्ने सुन्नमा आएको छ। साथीहरू एक निडर जहिले पनि जनताको काममा लागि मरिहत्ते गर्ने एक ब्याक्तीका पछाडि लाग्नु भनेको हजुरहरुको खुट्टी हेर्दा चाल पाए भने झैं हो।

अनावश्यक कुराको झ्याली नपिट्नुहोस कृपया मानिस हरेक हरेक ब्यक्तिका कमि कमजोरी हुन्छन् । ती कमजोरीलाई सुधार गर्ने ब्यक्ति पो त्यो मानिस हुन्छ। मेरो पनि कमिकमजोरी होलान् । ती कमिकमजोरी लाई मैले त सुधार गरिसके तपाई ले नि ?? हरेक निकायमा समेत मेरो नभएको कुरा गर्नुभएको छ । भने आजै बाट छोडिदिनुहोस। तब तपाई मानव लायक हुनुहुन्छ । र सच्चा जनताको सेवक पनि हुनुहुन्छ ।

मैले माथी उल्लेख गरेका थुप्रै घटनाहरु हुन् । एउटा अर्को घटना मा क. गौरव ,म र स्टार पर्चा टास्दै हामी दैलेख बजारको प्रहरी चौकी पुग्दा स्टार घरमा बस्नुभयो। म र गौरव नारायण शर्मा प्रहरी चौकी दैलेख बजार देवकोटा चोकमा पुग्दा करिब २ बजेको थियो।

हामी त्यहा चौकीमा पर्चा टास्न म अलि वर बसे क. गौरव नारायण शर्मा त्यहाँ गएर पर्चा टासेर आउनुभयो । म थरथर कामिरहेको थिए। के पो हुने हो । भनी तर उहाँले सहजै पर्चा टासेर आउनुभयो र मैले सोधे सेन्टी बसेको पुलिसले देखेन ? त्यो सेन्टी बसेको पुलिस त बन्दुक समातेर सुतिरहेको थियो। मैले त्यस्कै छेउमा पर्चा टासिदिए भन्नुभयो ।

अनि म हासे । त्यसैले क. गौरव नारायण शर्मा साहसी लिडर पनि हुनुहुन्थ्यो ।त्यसको दोस्रो दिन मेरो कक्षा १२ को साइकोलोजी विसय ५० माक्सको परिक्षा थियो जम्मा ३ घन्टा सुतेर म ७ बजे परिक्षा दिन गए । परिक्षा दिए। तर पछि त्यही विसयमा ५० मा ३८ नम्बर आएको देखेर म अझै चकित समेत परेको थिए।

Gorkha

वि. स. २०५५ सालमा क. नारायण शर्मा मेरो कोठामा आउनुभयो अब म पनि लोकसेवा तयारी गर्छु । कानुन अधिकृतको भन्नुभयो उहाँले बि. एल. पास गरिसक्नु भएको थियो। त्यो रात म १० बजे सुते उहाँ २ बजे सम्म पड्दै हुनुहुन्थ्यो । मैले बिचबिचमा एकै दिन यसरी पढ्दा बिरामी भैन्छ सुत्नुस भन्दा ३ बजे मात्र उहाँ सुत्नुभयो। र दोस्रो दिन आफ्नो स्कुल तिर जानुभयो।

२,३ दिन पछि कान्तिपुर पत्रीकामा दैलेखमा एक बौद्धिक ब्याक्तित्व क. नारायण शर्मा लाई माओवादीले अपहरण गर्यो भन्ने विहान न्युज मैले पढे र दोस्रो दिन त्यही कान्तिपुर पत्रीकाले क. नारायण शर्मा माओवादी आन्दोलनमा लाग्नुभयो भनी पुष्ठि गर्यो। र उहाँ भुमिगत हुनुभयो । उहाँ भुमिगत हुँदा २/३ महिनाको फरकमा हाम्रो भेटघाट भैरहन्थ्यो।

पछि उहाँ विद्यार्थी नेता र दैलेख जिल्ला पार्टी सचिवालय सदस्य हुनुभयो । वि. स . २०५८ सालमा डोल्पा जिल्ला लाई रोल्पा गराउनुपर्छ भन्दै उहाँको नेतृत्वमा ८/१० जनाको टोलि डोल्पा लाई रोल्पा बनाउने अभियानका क्रममा वि.स. २०५८ सालमा उहाँहरु सुतिरहेको जंगलको बिचमा आर्मिहरुको घेराबन्दीमा पर्नुभयो। उहाँ संगै सास्कृतिक टोलिका भाइ बहिनि पनि हुनुहुन्थ्यो रे।

आर्मिको घेराबन्दी भएको चाल पछि उहाँले सबै साथी लाई बचाउनका लागि बसिरहेको घर बाट पर्खाल नाघी क्रस गर्ने क्रममा आर्मिको गोलि लागि उहाँ लगायत अन्य सबै साथीहरूको मृत्यु भयो भन्ने खबर हामीले ७ दिनपछि मात्रै थाहा पायौं । उहाँ सहिद हुनुभयो । तर हालसम्म उहाँ जस्ता बौद्धिक नेतालाई सहिद घोषणा भएको मैले थाहा पाउन सकेको छैन । उहाँ जस्तो बौद्धिक ब्यक्तित्वलाई पार्टी ,नेपाल सरकारले तुरुन्त सहिद घोषणा गर्नुपर्छ।

क. गौरव को घर परिवार सबै भुमिगत हुनुभयो ,बुवा कविराम शर्मा सरकारी जागीर छोडी भुमिगत हुनुभयो । उहाँलाई दुल्लुमा आर्मीको घेराबन्दीमा परि उहाँ पनि सहिद हुनुभयो । क. नारायण शर्मा कि कान्छी बहिनी पनि लालसेनामा भर्ती भै क्रान्तिको युद्ध मोर्चामा लड्दा लड्दै सहिद हुनुभयो ।

उहाँको जेठी बहिनि ज्वाइँ लक्ष्मी अधिकारी पनि भुमिगत हुनुभयो । उहाँको हालसम्म मरे बाचेको खबर छैन । उहाँ बेपत्ता हुनुहुन्छ हालसम्म । क. नारायण शर्माको श्रीमती भरत रेग्मी माओवादी समानुपातिक तर्फ बाट २०६४ को संविधानसभाको सदस्य हुनुहुन्थ्यो ।हाल उहाँ पार्टीमा काम गर्दै आउनुभएको छ।

क. नारायण शर्माको माइली बहिनी क. हरिमाया शर्मा (आशा) एक ईमानदार ,बौद्धिक ,कर्तव्यनिष्ठ महिला लिडर हुनुहुन्छ ।उहाँको श्रीमान क. राहुल सुर्खेत बसपार्कमा ट्रकले किचेर मृत्युवरण गर्नुभयो। उहाँ कर्णाली प्रदेशको एक बौद्धिक ,ईमानदार र नेतृत्वदायी भुमिकामा हुनुहुन्थ्यो ।

उहाँको भासण युद्धकालमा भवानी गएर मैले पनि सुन्ने मौका पाएको थिए। त्यो बैठकमा उहाँले मलाई हेरिहेरी भासण गरेको मलाई अहिले जस्तै लाग्छ ।उहाँ जस्तो एक बौद्धिक ब्याक्ती कर्णाली प्रदेश ले गुमाएको छ । उहाँलाई पनि हालसम्म सहिद घोषणा गरेको जस्तो लाग्दैन ।

तुरुन्त नारायण शर्मा ,राहुल ,बुवा लगायत सबैलाई सहिद घोषणा गर्न पहल गर्नुपर्छ ।क. हरिमाया शर्मा (आशा) त्यस्ती नारी हुन आमा ,भाउजू ,भाइ बाहेक आफ्नो परिवार बाट ५ जनाको सहादत भएको भएर पनि बाचेकी एक संघर्षशिल नारी हुन । हरिमाया शर्माको एउटा भाइ राजन शर्मा हुन ।

क. आशा यस्तो कठोर नारी हुन जसले यस्तो दुख लाई मुटु भित्र लुकाएर बाचिरहेकी छन् । हाल उनि कर्णाली प्रदेशको पार्टी सदस्य हुनुहुन्छ । यस्तो त्याग गरेको परिवारमा बाचेकी क. हरिमाया शर्मा लाई अब हुने कर्णाली प्रदेशको मन्त्रीमण्डलमा एक त्यागी लिडर महिलालाई कर्णाली प्रदेशको मन्त्रीमण्डलमा ६ महिनाका लागि नियुक्त गर्न कर्णाली प्रदेश पार्टी र कर्णाली सरकारलाई र जनतालाई आवह्वन गर्दछु । अलिकति भए पनि मलमपट्टी त हुने थियो कि?

कर्णाली प्रदेशको अर्को एक बौद्धिक ब्याक्तित्व छवि सुवेदी जब नेपालमा धुवादार क्रान्ति चलिरहेको अवस्थामा एमबीबीएस पड्न भारत जानुभयो । उहाँ डाक्टर पड्दै प्रवासमा नेकपा माओवादी पार्टीमा जोडिनुभयो। उहाको त्याग पनि कम छैन । उहाँ क्रान्तिमा जोडिएकै कारण एमबीबीएस कम्पिलिट गर्न पाउनुभएन।

प्रवासमा उहाँ संग अध्यक्ष क. प्रचण्ड ,क. कृष्णबहादुर महरा ,टोब रायमाझी ,बादल ,पम्फा ,बाबुराम ,लगायत अन्य विशिस्ट लिडर संग जोडिएर काम गर्नुभएको क. छवि सुवेदी एक बौद्धिक नेता हुनुहुन्छ । मैले कर्णाली प्रदेशमा धेरै नेताहरूलाई चिनेको छु ,बुझेको छु। कर्णाली प्रदेशका नेताहरुको सुचिमा अब्बल स्थानमा राखे पनि उहाँ को क्षमता प्रदर्सन गर्न पार्टी पंक्तिले प्लेटफर्म दिएको छैन ।

धेरै नेताहरु मध्ये उहाँ सादुवादी नेता हो ।मैले नजिकबाट चिनेको र बुजेको नाताले मैले उहाँलाई सादुवादी नेता भन्नैपर्छ । र उहाँलाई कर्णाली प्रदेशको अब्बल ठाउँमा स्थान दिन र नेतृत्वदायी भुमिका पार्टीमा हुनुपर्छ भन्ने भनाइ हो। कर्णाली प्रदेशका क्षमतावान पार्टीका लिडर हरुमा क. शक्ति बस्नेत एक ईमानदार लिडर हुनुहुन्छ । त्यसैले त कर्णाली प्रदेशमा नबजवान युवाहरुको आकर्षण बढिरहेको छ र पार्टी सदस्यता नविकरण तिब्र रूपमा बढिरहेको छ।

अर्को नेता क. प्रभाकर जो उज्यालो नेपालको नायक प्रचण्ड र प्रभाकर हुन । नेपाली जनता लोडसेडिङको मार खेपिरहेको अवस्थामा पूरा नेपाल उज्यालो बनाउने एक प्रखर ब्यक्तित्व क. प्रभाकर अर्थमन्त्री भएपछि स्वेतपत्र घोषणा गर्दै समाजवाद उन्मुख बजेट संसोधन गरि कार्यनयनमा लाग्नुभएको एक प्रभावशाली नेता हुनुहुन्छ ।
त्यस्तै क. पारसमणी मायाप्रसाद शर्मा एक ईमानदार शालिन ब्यक्तित्व हुनुहुन्छ । त्यस्तै कर्णाली प्रदेशका पार्टी सचीव रामदिप आचार्य एक बौद्धिक र युवाहरुको ढुकढुकीमा बस्न सफल युवा नेता क. रामदिप आचार्य देशकै एक युवा नक्षेत्र ब्यक्तित्व हुन।

त्यसैले सिङ्गो पार्टीमा अब्बल स्थान राख्ने कर्णाली प्रदेशमा सबै जिल्लामा चुनाव जित्ने गरि लाग्नु सबैको अहम आवश्यकता समेत रहेको छ।

क. छवि सुवेदी हाल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश नेपाल बुद्धिजीवी संगठनको संयोजक हुनुहुन्छ । र उहाँ जनताको वकिल पनि हो। गरिव , दुखी जनताको अलिकति भएपनी वकालत पेश बाट मलमपट्टि लगाइरहनु भएको छ। अब कर्णाली प्रदेश पार्टीले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिएको खण्डमा दैलेखमा अन्य पार्टीको टक्कर वा विजयउन्मुख जस्तै हुन्थ्यो भन्ने आशा दिलाएको छ।

उहाँको जीवनसंगीनि शान्तिवार्ता पछिको अन्तरिम विधायक हुनुहुन्थ्यो । उहाको नाम सरस्वती मोहरा हो। उहाँ P.hd. महिला नेतृत्व हुनुहुन्छ ।उहाँ हाल दार्जीलिङमा अध्यापन पेशामा आवद्ध हुनुहुन्छ ।उहाँ नेपाल ,भारत मात्र होइन कि विश्वमा मनोविज्ञान प्राध्यापक हो। उहाले साइकोलोजीमा P.hd. गर्नुभएको हो। र हाल विश्वमा मनोविज्ञान सम्बन्धि अध्यापन गराइ मानव जगतलाई प्रशिक्षण दिइरहनुभएको छ।

क. छवि सुवेदीको साइला भाइ क्षेत्रप्रताप सुवेदी युद्ध पत्रकार हुँदै विद्यार्थी आन्दोलनका कमान्डर बन्नुभएको थियो। उहाँ हाल नौमुले गाउँपालिका को पार्टी अध्यक्ष हुनुहुन्छ ।उहाँ एक कर्मठ ,ईमानदार नेता हो।

क. छवि सुवेदीको कान्छो भाइ किशोर सुवेदी सानै उमेर भएता पनि एक बौद्धिक ब्यक्तित्व हुनुहुन्छ ।उहाँका लेख रचनाहरु असाध्यै अनुभव प्राप्त बौद्धिक ब्यक्तिहरुले लेखेको भन्दा अब्बल खालका लेख रचना मार्फत जनता र युवाहरुलाई लामबद्द गराइराख्नुभएको छ। उहाँ पार्टी कै विद्यार्थी आन्दोलनको केन्द्रमा नै एक स्थान राख्न सक्ने एक बौद्धिक ब्यक्ती हो।

भर्खरै पार्टीको नौमुले गाउँपालिका वडा सम्मेलनमा उहाँको भुमिका अब्बल रहेको मैले महसुस गरेको छु। नवजवान युवाहरुलाई लेख रचना भासण बाट लाम लस्कर लगाउन सक्ने खुवी उहाँमा रहेको छ । कर्णाली प्रदेशको एक होनहार युवा नेता क. किशोर सुवेदी निडर ,हक्की ,ईमानदार र बौद्धिक ब्यक्तित्व हो। दैलेख जिल्लाको नेकपा माओवादी पार्टीको नेतृत्व बौद्धिक ब्यक्तिहरुको हातमा गएमा आगामी निर्वाचनमा दैलेख माओवादीमय बन्ने निश्चित प्राय छ।

अन्तमा नेकपा माओवादी पार्टी अब इमानदार कार्यकर्ताहरुलाई प्रोत्साहन गर्दै बृहत कम्युनिष्ट पार्टी निर्माणमा अहम् भुमिका खेल्न जरुरी छ। क . प्रचण्ड को नेतृत्वमा ईमानदार ,बफादार ,पार्टी कार्यकर्ताहरुलाई गोलबद्द गर्दै कमरेड विप्लव संगै वार्ता गरि तुरुन्त पार्टी एकता गर्नु आजको आवश्यकता हो।

क. प्रचण्ड को नेतृत्वमा क. विप्लव ,बाबुराम ,मोहन बैध ,माधवकुमार नेपाल र नेकपा एमाले का ईमानदार कार्यकर्ताहरु सहित एक बृहत कम्युनिष्ट पार्टी निर्माण गर्नु र आम जनताले जनताको सरकार हो भनी महसुस दिलाइ कयौ दशक कम्युनिष्ट आन्दोलन र सरकार बनाइ जनताको जनभावना बमोजिम देशको विकास गर्न आजै देखि लागौं ,जुटौं र अगाडि बढौ।लेखक हेमराज पाण्डे कर्णाली प्रदेशको बौद्धिक ब्यक्तित्व तथा राजनीति शास्त्रको विद्यार्थी हुनुहुन्छ ।

 

salyan