आफ्नै बाबुले छोराछोरीमाथी एसिड प्रहार

मंसिर ७ , काठमान्डौ – सोलुखुम्बुमा बाबुले आफ्नै छोराछोरीमाथी एसिड छ्यापेका छन। सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका प्रहरीले जनाएको छ ।

सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनिहरुको अवस्था गम्भीर रहेको र अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।  एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।