प्रधानमन्त्री देउवाजी बालुवाटारमा हैन बुढानीलकण्ठ गएर सुत्नुहोस : नारायण वाग्ले
मङ्सिर ,९ काठमाडौँ- नागरिक अभियन्ता नारायण वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार छाडेर बुढानीलकण्ठ फर्किन सुझाव दिएका छन्। न्यायालयको समस्या समाधान नगर्ने हो बालुवाटारबाट घर फर्कन वाग्लेले देउवालाई सुझाएका हुन्।
बिहीबार आयोजित सर्वोच्च अदालत-बालुवाटार ‘न्याय मार्च’ पछि सम्बोधन गर्दै अभियन्ता वाग्लेले न्यायालयको विवाद समाधानमा दलले निकास दिनुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई यस्तो बताएका हुन्।
एक महिना न्यायालय अवरुद्ध छ । त्यो अदालत र आन्दोलन जसले बुढानिलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटारमा ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन्,’ वाग्लेले भने, ‘यदि सुतिरहने हो भने बुढानिलकण्ठ फर्किए हुन्छ ।
‘सडकको मुद्दाको बलमा सत्तामा गएको भोलिपल्टदेखि नै प्रतिगमनको मतियार हुने वा आफैं प्रतिगमनको सुत्रधार हुने राजनीतिक पंक्तिलाई जवाफ दिन नागरिक आन्दोलन जारी रहने उनले बताए ।
यस्तै वाग्लेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मौनताप्रति पनि आलोचना गरेका छन् ।
न्यायलाई किनबेचको विषय बनाउने र बढाउने गरी व्याप्त बिचौलियाराज विरूद्व राजनीतिक नेतृत्वलाई संवैधानिक दायित्व पूरा गर्न दबाब दिने बालुवाटार न्याय मार्च पास गरिएको नागरिक अभियन्ता नारायण वाग्लेले बताए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्याय क्षेत्रको शुद्धीकरणका लागि भन्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले सर्वोच्च अदालत-बालुवाटार न्यायमार्च गरेका हुन् ।