अध्यक्षलाई महिला उपाध्यक्षले कुटिन दुई वटा दाँत भाँचियो

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​

कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।

आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो ।

lekbesi

त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए। बैठकमा छलफल चलिरहेको थियो त्यही बेला अध्यक्ष र उपाध्यक्षबीच मुक्कामुक्की हानहान भयो ।
पछि अध्यक्षको दुई वटा दाँत नै भाँचिएछ यादवले भने ।

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द गरेपछि आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताए ।

अध्यक्षले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र त्यही क्रममा कुर्सी पनि उठाएँ, ‘तर मलाई थाहा थएन उहाँको दाँत भाँचियो भनेर उपाअध्यक्ष मण्डले भनिन ।

घटनाबारे प्रहरीले बुझ्न खोज्दा अध्यक्षको दात भाच्चीएको भन्ने खबर आएको छ । घम्साग्जम्सीमा भएको खबर आएको छ । अहिले सम्म कसैले प्रहरीमा उजुरी दिएको छैन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले भने ।