प्रचण्ड र नेपाललाई ओलीको नमस्कार
काठमान्डौ – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रले लामो समयपछि प्रचण्ड माधव नेपाल र ओलीकको भेट जुराईदिएको छ।
महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।
ओली प्रचण्डबीच गएकाे पुषयता र ओली नेपालबीच असार २३ यता भेट भने भएकाे थिएन। तर कांग्रेसकाे महाधिवशेनमा लामाे समयपछि तीनै नेतालाई एउटै मञ्चमा भेट हुने मौका मिल्यो।
दाहालले र नेपालले उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालाे थियाे । तर ओलीले बाेल्दै गर्दा एक्कासी माइक कट्यो ।
माइक बिग्रिएर उनि पाेडियमबाट आफू बसिरहेकाे ठाउँमा जाँदा प्रचण्डबीच संवाद र हाँसाे ठट्टाकाे अवसर पनि जुर्यो।
सोहि क्रममा कार्यक्रमबाट जान लागेका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयाे । ओली बोल्दा भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पहिले नै मञ्चबाट बिदा भैसकेका थिए।