पूर्व राजा ज्ञानेन्द्र शाहलाई माधव नेपालले भने व्यापार गरेर बस्नुहोस

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझायका छन।

कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिएका हुन ।

पूर्वप्रधानमन्त्रीसमेत रहएका अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको टिप्पणी गरेका छन। यस्तै उनले नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबीसमेत गरे।

नेपाली नागरिक फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रूपमा अघि बढ्नेछन् । नेपालको रक्षा नेपालीले आफै गर्ने छन।

नेपालले भने त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्त्वहरूलाई भन्न चाहन्छु । फेरि शिर उठाउने दुस्साहस गर्ने काम नगर्नुस् ।