घण्टौं लाइन बस्दा पालो नआएपछि महाधिवेशन प्रतिनिधि घरतिर लाग्ने तयारि
काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि लाईनमा लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोसमा आएक छन्।
बिहान देखि लाईनमा लागेका उनीहरुले अहिले सम्म भोट हाल्न नपाएपछि घरतिर लाग्ने तयारि गरेको समेत एक प्रतिनिधिले रंग दर्पणलाई बताए।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान चलिरहेको छ।
निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ लाईनमा उभ्याएर भित्र जान नदिएको भन्दै उनीहरुले चर्को नाराबाजी समेत गरेका थिए। प्रहरीले हुल नियन्त्रणमा लिएपछि अहिले केहि शान्ति भएको छ।
तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म करीब २ हजार जनाले मतदान गरेका छन् । राति ९ बजे सम्म मतदान गर्न पाउने आयोगले जनाएको छ। त्यस्तै मतदान सकीलगतै मत गणना हुने पनि निर्वाचन आयोगले जनाएको छ।