३३ किलो सुन तस्करीका मुख्य नाईके धरौटीमा छुटे भरियालाई भने जन्मकैदको फैसला

काठमाडौँ विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके धरौटीमा छुटेका छन्। ५७ बर्षीय एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन्।

उनि सुनसरीको धरान उपमहानगरपालिका ३ का बासिन्दा हुन् । मुख्ययोजनाकारका एक उनलिई प्रहरीले नाम दिएको थियो। सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुडामणि उप्रेती गोरेले आयात गर्ने सुनको लगानीकर्ता अग्रवाल रहेको सरकार पक्षको दाबी थियो ।

२०७४ साल माघ १९ गते शाक्यको हत्या भएलगत्तै अग्रवाल फरार थिए । फरार रहेका उनि सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालतमा उपस्तिथित भएकै दिन थुनछेक बह्स्स्पछी ३ लाख धरौटीमा छुटेका हुन्।

सोमबार हाजिर भएका अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए ।

गत मंसिर २२ मा लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता भनी आरोपित काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ७७ जना प्रतिवादी रहेकोमा जिल्ला अदालतले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाई पाएका थिए। २१ जना फरार रहेको मध्ये जाहिर हुन आएका २ जना धरौटीमा छुटेका थिए।

जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो ।

भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो । ३३ केजी सुन तस्कर र सनम हत्या प्रकरणमा छानबिन गर्दा सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा दुबइ देखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको कागजातमा देखिएको थियो । ठोस प्रमाण नभेटीएको भन्दै अदालतले ५६ जनालाई सफाई दिएको थियो।

तस्करीको सुन हराएपछि गोरेको समूहले भरिया सनम शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका,१ मा करेन्ट लगाएर यातना दिदै हत्या गरेको थियो । करेण्ट लगएर हत्या गरिएको भिडियो समेत सार्वजानिक भएको थियो । विराटनगरबाट उनको शव गाडीको डिक्कीमा हालेको अवस्थामा प्रहरीले बरामद भएको थियो ।

साना माछा मात्र समाईयको छ अब ठुला माछा पर्छन मन्त्रि बादल ,,

 

नया शैलीमा सुन तस्करी,सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी ,,