हुम्लामा भारी हिमपातको बेला बालक दाउरा बेच्न सदरमुकाम तिर हिडेका छन

पुस १४,काठमाण्डौ – हुम्लामा भारी हिमपात भएको छ । हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालकको तस्वीर सार्वजनिक भएको छ ।

भारी हिमपातका कारण हुमला जुमला लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।उनिहरुले बर्षा र हिमपातका कारण बस्तु भाउ चराउन जङ्गल लैजान सकेका छैनन ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ।तस्बिर : दाने बोहरा/रासस