surkhet

कांग्रेस सभापतिलाई ज्यानमार्ने धम्किदिने एसपी पाण्डे निलम्बित

surkhet

काठमाडौं- कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने धम्की दिने सिराहाका तल्कालीन प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ।

पाण्डेलाई मंगलबार छानविन गर्न निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए। पाण्डेले सिराहा प्रहरी प्रमुख रहेको बेला कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने धम्की दिएको आरोप रहेको छ।

Gorkha

मध्यरातमा आफ्नो घरमा आएर थर्काएको कांग्रेस नेता यादवले बताउँदै आएका छन्। ‘प्रहरी प्रधान कार्यालयले पाण्डेलाई निलम्बन गरेर छानबिन गरिरहेको बताएको छ।

Dailekh

आज छानबिन समिति गराएको र दोषी देखिए समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउँने पनि प्रवक्ता कुँवरले बताए। यस अगाडि पाण्डेमाथि आरोप लागेपछि जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गरिएको थियो।

 

salyan