हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण नारायण शाहले कहिले भुल्नु हुँदैन :मन्त्री आले

काठमान्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालीहरूले हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताएका छन।

पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको मन्त्री आलेलेको भनाई छ ।
नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले अन्याय मुलुकमा हुन नदिनु, ठूलो न्याय निसाव हेर्नु । न्याय निसाव बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरिलिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन्, जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन् ।

’‘पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई उनले भने ।

यदि हामीले आफूलाई नेपाली हौं भन्ने कुरामा गर्व गर्छौं भने पृथ्वीनारायण शाहलाई हामीले कहिल्यै बिर्सन सक्दैनौं र बिर्सनु पनि हुँदैन ।

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताएका हुन।