श्रीमतीलाई मार्न खोज्दा भागेपछि श्रीमानले पालेका गाई गोरु मारे

सल्यान – सल्यानमा श्रीमतीसँग झगडा भएपछि रिसको झोकमा श्रीमानले आफूहरूले पालेका  गाई-गोरू मारेका छन्।

जिल्लाको कपुरकोट गाउँपालिका-५ सिस्नेरी ३६ वर्षीय शेरबहादुर महतराले श्रीमतीसँग झगडा भएपछि पालेका गाई र गोरूमाथि कोदालोले प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका हुन।

पहिला श्रीमतीलाई कुटोले प्रहार गर्दा खुट्टामा लागेपछि जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको भन्ने खबर छ। ‘श्रीमती राति जंगल छिरेपछि उत्तेजित महतराले गोठमा गएर बाँधेर राखेका गाई-गोरू मारेका रहेछन्।’यो घटना आईतवारको रहे छ डिएसपी खड्काले भने।

lekbesi

मारेका गाई-गोरूमध्ये गाईलाई गाडिसेकेको र गोरूलाई पनि भीरबाट खसाल्ने प्रयास गरिरहँदा महतरा पक्राउ परेको डिएसपी खड्काले बताए।

महतराले मदिरा सेवन गरेपछि घरमा झगडा गरेको र आक्रमण गर्न थालेपछि राति नै श्रीमती र बालबालिकाले भागेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।

महतराले गाई-गोरू मारेको खबर सोमबार गाउँलेले सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले महतरालाई पक्राउ गरिसकेको छ।