कोरोनालाई जित्न काजु बदाम खानु पर्ने योगेश भट्टराईको आग्रह

माघ ८ ,काठमान्डौ – नेकपा एमाले नेता योगेश भट्टराईले हाईकिङ गर्दा कोरोनासँग लड्न प्रतिरोधि क्षमता बढ्ने बताएका छन । पूर्व पर्यटन मन्त्री समेत रहेका नेता भट्टराईले प्रतिरोधि क्षमता बढाउन काजु बदाम जस्ता चिज बिज खान र दैनिक शारिरिक अभ्यासमा जोड दिनुपर्ने बताएका हुन् ।

यस्तै भट्टराई आजभोलि टाढा टाढा सम्म पैदल हिड्ने उकालो ओरालो गर्ने जर्सा कार्य गरिरहेका छन्।केहि महिना अगाडी भट्टराई शनिबारको मौका छोपि कंक्रिटको जंगलबाट केहि टाढा प्राकृतिक जंगलमउनमा पुगेका थिए। उनी गोदावारीबाट उकालो -चढेर चाँपाखर्क, हुँदै कोटडाँडा बिशंखु हुँदै फेरि गोदावरी पुगेका थिए ।
