जाजरकोटकि युवतीको बाँकेमा अपहरणपछि बलात्कार
माघ ८ ,नेपालगन्ज – बाँकेको नेपालगन्जमा १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । युवती स्थायी जाजरकोट घर भई नेपालगन्ज बस्दै आउने गरेकी थिइन्।
ती युवती फोटो खिच्न खजुरा गएका बेला गाउँपालिका,२ स्थित पुलचोकबाटअपहरणमा पारीको प्रहरीले जनाएको छ । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए ।
मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेको र त्यसपछि पुन: घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुन: घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।