सिटामाेलको कमि नबनाउन सरकारका नाममा सर्वाेच्चकाे आदेश

काठमान्डौ – सर्वोच्च अदालतले पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मङ्गलवार सरकारका नाममा यस्ताे आदेश जारी गरेको हो ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले कोभिडको प्रकोप कायम रहेको अवस्थामा त्यसकाे उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको भन्दै रिट दायर गरेका थिए।

सिटामोल-प्यारासिटामोल लगायत अन्य औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरुको नाउँमा यो आदेश जारी गरिएको छ, आदेशमा भनिएको छ ।

साथै यस सम्बन्धमा नेपाल सरकारबाट औषधीको सहज वितरणका सम्बन्धमा भए गरेका काम कारवाहीहरुको विवरणको प्रतिवेदन लिई मिति २०७८/१०/१७ गते महान्यायाधिवक्ताक्ने कार्यालयलाई छलफलको लागि उपस्थित हुन भनिएको छ।