जापानले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दियो

काठमान्डौ – जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरेका छन् ।

जापान सरकारले प्रदान गर्ने १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण विकास नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान पत्रमा हस्ताक्षर गर्दै अर्थसचिव मधुकुमार मरासिनी ।

आर्थिक विकासका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि यस्तो ऋण लिइएको जनाइएको छ । कोभिड १९ महामारीले नेपालको आर्थिक वृद्धिदर मात्र नभई समग्र क्षेत्रमा पारेको प्रभावलाई कम गर्न यस्तो ऋण सहायता परिचालन गरिनेछ ।

उपलब्ध हुने ऋण उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा नेपाल सरकारको बजेट खर्चमा समेत उपयोग गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ ।