Gold

निर्माण कार्य सकेर सञ्चालन गर्न टेको झिक्दा पुल भाँचिएपछि स्थानीय जिल्ल

Naumule Migrate

माघ १२,पोखरा – पुल निर्माण कार्य सकेर सञ्चालनमा ल्याउने भन्दै लगाएको टेको झिक्दा पुल भाँचिएको छ ।पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको हो।

६ करोड ११ लाखमा निर्माण भएको पुल सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएपछि स्थानीय टंगा परेका हुन्। एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेर पुल निर्माण गर्दा क्षति भएको स्थानीयले बताएका छन् ।

 

Naumule Badhipahiro