उपत्यकामा सवारीसाधनमाथी लगाईएको जोर विजोर हट्यो

काठमान्डौ – उपत्यकामा लागू गरिएको सवारीसाधनमाथी जोर विजोर हटेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको प्रशासनले जनाएको छ। तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ।

शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले पनि सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। जसअनुसार यो निर्णय लागू भएको हो।