गीता छोएर पार्टी फुटाउदिन भनेका कमल थापाले छोडे राप्रपा

माघ २५ ,काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने निर्णय गरेका छन् । आफूलाई महाधिवेशनमा हराउने निर्मल निवासमाथि छानविन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै थापाले मंगलबार दिउँसो गृहजिल्ला हेटौंडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु। थापाले भने। ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।

यस्तै थापा अलग हुने देखिएपछि उनको सम्पूर्ण समूहले नै पार्टी त्याग गर्ने चर्च्छा चलेको छ।थापा अलग भएसँगै उनको समूहले नै राप्रपा छोड्ने चर्चा भइरहेको छ भने थापाले नयाँ पार्टी दर्ता गर्ने पनि बताएका छन्।

त्यस्तै वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापा टिम तयार गरेर अघि बढिसकेका छन् । थापाले पार्टी परित्याग गरेसँगै उनले दुई वर्षअघि गरेको प्रतिज्ञाको चर्चा भइरहेको छ ।

पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ उनले भने।

२०७६ फागुन २७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा थापाले गीतामा हात राखेर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरेका थिए ।