थप १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि ११ जनाको मृत्यु

माघ २५ ,काठमाडौं- गत पछिल्लो २४ घन्टामा थप १९ सय ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ। १२ हजार ६९२ नमूना परीक्षण गराउँदा १९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय जनाएको हो । यस्तै सोही अवधिमा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार मंगलबार थप ५१०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ। पछिल्लो २४ घन्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यस्तै मन्त्रालयका अनुसार हाल कोरोना सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ।
