एमसीसीको विरोधमा गृहमन्त्री खाँणको पुत्ला दहन
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोध गर्दै गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।काठमाडौंको नयाँ बानेश्वरबाट विद्यार्थीहरु नेताहरु नयाँ बबरमहलतर्फ लागेका थिए। उनीहरुले प्रहरीलाई छलेर गृहमन्त्रीको पुत्ला दहन गरेका हुन्।
पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए। संसदमा एमसीसी टेबल भएपछि विभिन्न पार्टी संगठनले सरकारको चर्को विरोध गर्दै आईरहेका छन्।