लमजुङमा भूकम्पको धक्का विवरण आउँन बाँकि

फागुन १० , लमजुङ – लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका-१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्प गएपछि केहि छिन हता हत् समेत भएका थिए।

जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका-८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो ।त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहने गरेको भूकम्प मापन केन्द्रले जनाएको छ ।