युवा नेता बालकृष्ण बुढाथोकी वाईसीएल नेपालका केन्द्रिय सदस्य

फागुन १२ रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपालले कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडा नम्बर ३ नेकपा माओवादी केन्द्रका युवा नेता बालकृष्ण बुढाथोकी वाईसीएल नेपालका केन्द्रिय सदस्य बनेका छन्।

रुकुम पश्चिम चौरजाहारीमा मंगलबार बसेको वाईसीएल नेपालको बैठकले बालकृष्ण बुढाथोकीलाई केन्द्रिय सदस्य मा राखेको हो । माओवादी केन्द्रका युवा नेता बालकृष्ण बुढाथोकी पहिला देखिनै पार्टीको काममा निरन्तरता दिडिया आईरहेका थिए। उनले चौरजाहारी नगरपालिकाका थुप्रै युवाहरुलाई चलाउन सक्ने र अगाडी बढाउन सक्ने क्षमता भएको भन्दै युवा नेता बालकृष्ण बुढाथोकी लाई केन्द्रिय सदस्यमा राखीएको चौरजाहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले हामीलाई जानकारी गराए ।