संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तुमा बासि भात र कागजका टुक्रा

फागुन १६,काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कुकरमा कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ ।
आजै नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको थियो ।शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले बताए ।उनका अनुसार कुकर भित्र कुनै संकास्पद बिस्फोटक पदार्थ वस्तु फेला परेन । त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो उनले भने ।
आइतबार संसदले एमसीसी सम्झौतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा नो एमसिसी लेखीएको प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो ।
