बाँकेमा पाँच जना मान्छे खाने बाघलाई नियन्त्रणमा लिएर चितवन पठाईयो

काठमान्डौ- बाँकेमा पटक पटक आक्रमणगरि मान्छे खाने बाघलाई चितवन पठाइएको । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बुधबार नियन्त्रणमा लिएको उक्त पाटे बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा थुनेर राख्ने बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।

उक्त बाघलाई अब चितवनमा संरक्षण गरेरा राखिने तर जंगलमा नछोडिने उनले बताए। बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो। भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिईसकेको छ।

पछिल्लो समय फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो। यस्तै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको उक्त नरभक्षि बाघको आक्रमणबाट मृत्यु भएको थियो। त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो। सोहि बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एक – एक जनाको मृत्यु भएको थियो।

 

lekbesi