surkhet

पत्रकारको न्यूनतम तलब २५ प्रतिशतले वृद्धि गर्न सिफारिस

surkhet

काठमान्डौ- श्रमजीवी पत्रकारहरुको तलब २५ प्रतिशतका दरले वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारसमक्ष सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरबारस्थित मन्त्रालयमा श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस २०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा हाल पाइरहेकोमा २५ प्रतिशतका दरले वृद्धि गर्न सिफारिस गरेको हो ।

Gorkha

तिवेदन पेस गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवीहरुको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरुको तुलनात्मक पारिश्रमिक दरको अध्ययनको आधारमा २५ प्रतिशतले तलब वृद्धिको सिफारिस गरिएको बताए ।

उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताए । त्यस्तै, ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिष्टारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावलीअनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार कर्मचारी/कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको अध्यक्ष अर्यालले जानकारी दिए । प्रतिवेदन ग्रहण गर्दै मन्त्री कार्कीले समाजलाई गतिशील बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको र समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए ।

salyan