वनस्थली ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागि

फागुन २२,काठमाण्डाै – बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा भीषण आगलागी भएको छ । गतराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको जनाईएको छ । पाँचवटा दमकलको सहयोगमा राति १ बजेतिर आगो निभ्याइएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न बाँकी छ भने क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
