surkhet

रौतहटमा दोहोरि गोलि चल्यो १ जनाको मृतु ,,

surkhet

असार १५ , रौतहट जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका-४, गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोकासमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए ।

Gorkha

पछिलो केही दिनदेखि बागमती नदी किनारको भारतीय सिमानासँग जोडिएको उक्त क्षेत्रमा भारतीय अपराधीको चलखेल बढेको विशेष सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय गौरबाट सो ठाँउमा प्रहरीको बिशेष टोली गएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेका अपराधीले अचानक एसएमजीबाट फायर खोलेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।

जिल्लाबाट सदरमुकाम करिब ८ किमि पर्ने गर्दछ ।, गोलि लागेका व्यक्तिको सनाखत हुन सकेको छैन। गोलि लागेका उनलाई अस्पतालले मृत घोसना गरेको थियो ।अन्य दुईजना भारततिर भागेको प्रहरीले जनायको छ। प्रहरीले घटनास्थलमा सुरक्षा कडा गर्दै अपराधीको खोजि अनुसन्धान गरिरहेको छ ।

salyan