चलचित्र कहिँ कतै को यो मौसम रिलिज ,,
असार १५ – चलचित्र कहिँ कतैले यो मौसम बोलको गीत रिलिज गरेको छ ,गीतमा सचिन सिंहको संगीत, थुप्देन भुटिया र मेलिना राइको स्वर, मनोज राजको शब्द छ । कमल राइले कोरियोग्राफी गरेको गीतको भिडियोमा किशोर खतिवडा र उमा बेबीले अभिनय गरेका छन् ।चलचित्रमा दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी, सिवानी गिरी, सोनम बरफुङ्गपाको मुख्य भूमिका छ । सिवानी र सोनम यही चलचित्रबाट डेब्यू गर्ने तयारीमा छन् । सविर श्रेष्ठले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, रोशन श्रेष्ठको एक्सन छ । चलचित्र साउन १५ गते बाट हलमा प्रदर्शन मिति तोकियको छ ।