surkhet

लेटाङमा छात्रा दुर्ववहार गरेका शिक्षकलाइ कारबाहीको माग ,झडपमा महिला प्रहरीको ज्यान गयो

surkhet

चैत ७,मोरङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. का सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा १२ बर्षकि कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिरएपछि झड्प भएको छ।

होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको ति छात्राले बताएपछि विद्यालयमा हिजो यसबारे छलफल भैइरहेको थियो ।

छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए ।

Dailekh

अभिभावक तथा छिमेकी र विद्यालयबाट गएका विद्यार्थीहरूसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए ।

Gorkha

दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका छन् ।

उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् भने एकजना महिला सुरक्षाकर्मीको ज्यान समेत गएको छ।

घटना अझैसम्म साम्य भएको छैन।दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार राति अबेरसम्म पनि स्थानीयले नाराबाजी गरिरहेका छन् ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ ।

यस्तै घटनमा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेका हरुको नाम भन्य गोप्य राखीएको र थप अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ।

 

salyan