पोखराकाे मेयरमा कांग्रेसबाट १८ जनाकाे नाम मनाेनयन क -कसको दाबी
बैशाख ४
कास्की – पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले मनाेनयन दर्ता गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा ८ जनाले मनाेनयन दर्ता गरेका हुन् ।
मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे नाम दाबी पेस भएकाे छ ।
यस्तै किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणेश भट्टराईले नाम दिएका कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिए । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री हुन ।
यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, चिनु गुरुङ र मिलन थापाले दाबी पेस गरेका छन् । कांग्रेस महानगर समितिको सचिवालयले हिजाे शनिवार सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको थियो ।
सत्तारुढ गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा के पर्ने निर्णय भइ नसके पनि कांग्रेसले भने पोखराकाे मेयर छान्ने काम अगाडि बढाएको छ । पोखरामा मेयरकाे उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थियो ।