ब्राजिल पुग्यो क्वाटरफाइनलमा मेक्सिको लाग्यो बाटो

विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोविरुद्ध २-० को जित निकालेको छ । नेयमारले खेलको ५१औं मिनेठमा ब्राजिल को लागि पिलो गोल गरेका थिय । यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । त्यस्तै, खेलको ८८औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए ।