तिंकरमा मतदान सकियो
बैशाख ३० ,दार्चुला – दार्चुलाको व्याँस गाउँपालिका,१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा १३६ जनाले मतदान गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार मतदान गर्नेमा ७३ पुरुष र ६३ महिलाले मतदान गरेका छन्। तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।
यस्तै व्याँस,१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।
यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए । यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बसाई गर्ने गर्दछन।