चितवनमा कति मत खस्यो
बैशाख ३०
चितवन – चितवनमा अहिले सम्म कति मत खस्यो भन्ने केहि छिनमा जानकारी आउने निर्वाचन आयोगले जनाएको छ। ४ बजे सम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको पनि उनले बताए। कार्की अनुसार केहिमत्दन केन्द्रमा ६५ र केहि मतदान केन्द्रमा ५५ प्रतिशत मत खसेको छ।
५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । चितवनमा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । त्यस्तै १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् ।