मुस्ताङ घरपझोङ गाउँपालिकामा एमाले उमेद्वारले दुई भोटले हारेपछि बेहोस

बैशाख ३१

जोमसोम- मुस्ताङ सदरमुकाम घरपझोङ गाउँपालिकामा एमाले उमेद्वारले दुई भोटले हारेपछि बेहोस भएका छन्। स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो।

तर हिजो भएको स्थानीय चुनावमा दुवै पद नेपाली कांग्रेसले जितेको हो। चाख लाग्दो कुरा भने एमालेले अध्यक्ष मा जम्मा २ भोटले हारेका हुन्। घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन ७६० मतले विजय भएका छन भने निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका हुन् ।

स्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार जमुना थकालीले ६९३ मत प्राप्त गरी विजयी भइन भने उनका निकतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मिमकुमारी शेरचनले ६१८ मत प्राप्त गरिन् । दुवैको उपाध्यक्ष पदमा ७५ मत अन्तरले कांग्रेस उम्मेदवार थकाली विजय भएकी हुन् ।

घरपझोङ गाउँपालिका वडा,३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार फडिन्द्र थकालीसहित एमालेको प्यानल विजयी भएको छ । यस्तै, घरपझोङ –४ को वडाध्यक्ष पदमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको हो । यसअघि स्थानीय तह निर्वाचनअन्तर्गत घरपझोङ १,२ र ५ वडामा कांग्रेस,एमाले,माओवादी केन्द्र र समाजवादीका उम्मेदवार निर्विरोध भएका थिए ।