सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष उपाअध्यक्षमा माओवादी विजयी

विराटनगर – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई विजयी भएका छन्।

माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका वीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन्।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई विजयी भएकी छन्। उनले ३८०० मत प्राप्त गरेर विजयी भएकी हुन्।

lekbesi

उपाध्यक्षमा नेपाली कांग्रेसका एककुमारी बस्नेतले ३५२३ मत र एमालेकी एमालेकी कल्पना गिरीले १७४६ मत पाएकी छन्।

गाउँपालिकाका ९ वडामध्ये ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।