बालेनको अग्रता भनेको नेतालाई जन्ताले छर्लङ्ग ऐना देखाउनु हो : महामन्त्री शर्मा
काठमान्डौ – नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमान्डौका जन्ताले पार्टीका नेताहरूलाई ऐना देखाईदिएको बताएका छन।
महानगरपालिकाको मेयर पदको उमेदवारको मतगणना भैइरहदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिईरहेको बेला जन्ताले पार्टीका नेताहरूलाई छर्लङ्ग ऐना देखाइदिएको बताए ।
शार्माले भने अहिले मतगणना भैइरहेको र भोलि बालेन स्थापित वा सिर्जना जस्ले जितेपनी जन्ताले नेताहरुलाई बद्लिने मौका दिएको बताए ।
महामन्त्री शर्माले भने अहिले मतगणना भैइरहेको छ अहिले बालेन जि अगाडि हुनुहुन्छ भोलीका दिनमा उहाँ जित्नुहुन्छ वा हार्नुहुन्छ तर एक् युवाले स्वतन्त्ररुपबाट यति धेरै मत ल्याउनु भनेको जन्ताले नेताहहरुलाई खबरदारी पक्कै गरेका हुन ।
यसमा हामी सबै बद्लेर जानुपर्ने समेत शर्माले बताए ।काठमान्डौ महानगरपालिकाको प्रमुख उमेदवारमा बालेन शाहले अहिले सम्म अग्रस्तान ल्याएका छन, उनले हाल सम्म २६ हजार बढी मत प्राप्त गरेका छन ।
त्यस्तै नेकपा एमालेका उमेदवार केशव स्थापितले १६ हजार र काङ्ग्रेसको तर्फबाट सिर्जना सिंहले ११ हजार बढी मत प्राप्त गरेकी छिन।