टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने

असार २ काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका हुन्।उनले कुन पार्टीबाट चुनाव लड्ने भने घोषणा गरेका छैनन्।

काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु उनले भने।

उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।अब म आफ्नो आवाजलाई टिभिबाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हुँ, तर परिस्थितिले मलाई राजनीतिकर्मी बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं उनले भने।

 

 

lekbesi