अामरणअनसनमा रहेका विद्यार्थी वस्नेत हाल अाई सि यु मा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय अामरण अनसन जस्तो एकदम कठिन संघर्ष को विचवाट अाफ्ना मागहरू राख्दै अान्दोलनको मैदानमा छन। विद्यार्थीका मागका विषयमा वार्ता र छलफलका प्रयास भएपनि निष्कर्षमा पुगेको देखिएन।अामरणअनसनमा रहेका विद्यार्थी रोशन वस्नेत हाल अाई सि यु मा जिवन मरणको दोसादमा छन। यस्तो विषम परिस्थितिमा मा पनि तार्किक निर्षकर्षमा पुग्ने गरि संवाद नहुदा विद्यार्थी को ज्यानै समेत जाने खतरा रहेको छ। साना साना उद्घाटनमा रिवन काट्न तल्लिन हुने मन्त्री तथा अन्य जिम्मेवार निकाय यतिवेला कुन कुनामा तेल हालेर सुतेका छन। कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरमा यति ठूलो अान्दोलन वा सत्याग्रह चलिरहदा यो प्रदेशका मुख्यमन्त्री किन मौण छन ?क्याम्पस प्रमुख र डिनको वुता वा कावु भन्दा वाहिर गएको अान्दोलन अव विश्वविद्यालय ले मात्र माग पुरा गर्ने हैसियत राख्छ कि राख्दैन वहस र छलफल जरूरी छ।प्रदेश सरकारको अाँखा अगाडी यति ठूलो अान्दोलन चलिरहदा चाहे स्थानीय सरकार ,चाहे प्रदेश सरकार अाखा चिम्म गरेर वस्न सक्दैनन। अन्यवेला जनताको रगतपसिनाको दुहाई दिने नेता दलहरू संकटको वेला रमिते वन्न मिल्छ र? सरकार मान्छे को जिवनको सवाल छ , यस्तो संङ्कटकालिन अवस्थामा कुनै वहाना नगरि यथासक्य पहल लिएर वार्ता र छलफलको माध्यमबाट छिट्टै तार्किक निष्कर्षमा पुग्ने गरि जानुको विकल्प छैन। सम्पूर्ण अन्याय मा परेका बिद्यार्थी हरुले आन्दोलोन मार्फत उपकुलपति ,रजिस्टार लगायत प्रदेशका मुख्यमन्त्री ,शिक्षा मन्त्री ,केन्द्र का शिक्षा मन्त्री अझ विश्वविद्यालय का कुलपति सम्माननिय प्रधानमन्त्री को समेत ध्यानाकर्षण गराउन चाहान्छन।